निर्वाचन समितिको प्रमुखलाई निवेदन 

श्रीमान निर्वाचन समितिका प्रमुख ज्यू,

त्रिभुवन विश्वविद्यालय ,

किर्तिपूर,काठमाडौ

                       विषय:-स्व.वि.यु खारेज गरि पाउँ

महोदय,

विगत ८ वर्षदेखि हुन नसकेको स्व.वि.यु चुनाव यस वर्षको मिति २०७३/११/१४ मा हुने भनिएतापनि विभिन्न कारणबश १८ गतेलाई सारिएको थियो तर १८ गते पनि विभिन्न संगठनका रुष्ट र भ्रष्ट विद्यार्थी नेताहरुको बेइमानी र स्वार्थीपनाका कारण अनेकन बखडा झिकी अन्तत चुनाव नै हुन नसक्ने वातावरण सृजना गरायो।गएको ८ वर्षसम्म त स्व.बि.यु बिना नै चलेका कलेजहरुलाई अब चाहिँ किन चाहिन्छ र यो संस्था?जब लगन नै सकिसकेको छ भने पोतेको काम के?के विद्यार्थी भेडाबाख्रा हुन र उनीहरुले जता धपायो उतै जाने?विद्यार्थीहरु त उनीहरुको भाग्य बिधाता जसले तिनीहरुको भाग्यको रेखा कोरिदिन्छन।

माउ पार्टीबाटै सिकेका पाठ जतिबेला आफुलाई अनुकुल पर्छ मौका छोप्ने अनि जब प्रतिकुल हुन्छ दुलो खोज्ने परिपाटीको अभ्यास  हो यो।यस्तो स्वार्थी र गुण्डागर्दी चाहिएन हामीलाई।हामी विद्यार्थीहरुले आफ्नो हक,हित अनि अधिकारको सदुपयोग गर्न पाओस।कलेजको शैक्षिक,भौतिक अनि …मा सुधार होस।यति भए पुग्छ,यो स्व.बि.यु भन्ने संस्था हाम्रो लागि आवश्यक छैन।त्यसैले यसको खारेजी गरि पाउँ भनी श्रीमान समक्ष हार्दिक अनुरोध गर्दछु।

                                      निवेदक

                                           दीपक श्रेष्ठ 

                                  त्रि-चन्द्र क्याम्पस 

                                  घण्टाघर, काठमाडौ 

घटना एक दृश्य अनेक

सधैंझै बिहानको नित्य कार्य सकिसकेपछी कलेज गएँ।उहीँ संधै एउटै क्रियाकलाप चिने नचिनेका सबैसंग हात मिलायो गफ गर्यो।परीक्षा आउने बेला जहिले एउटै प्रश्न हुन्छ,भेट्यो कि कति पढ्यौ?के छ त साझा(common) प्रश्न नै भयो जस्तो सुकै स्थितिमा होस।अनि जब परीक्षा सकिन्छ कस्तो भयो? एउटै प्रश्न सुनेर हैरान !

त्यसै त त्रि-चन्द्र कलेज केटाकेटीहरुको समय बिताउने पार्क उहीँ माथी सबै खाले विषय पढाई हुने कलेज त्यसैले हजारौंको संख्यामा थुप्रन्छन।कोहि रानिपोखरी त कोहि घण्टाघर हेरेर रमाउछ्न।अनि अर्को मुख्य कुरा नेपाली राजनीतिको धरोहर नै मानिन्छ त्रि-चन्द्र कलेजलाई।गगन थापा,रञ्जित कर्ण जस्ता अहिलेका युवा नेताहरु यस कलेजको उत्पादन हो।राजनीतिको फोहोरी खेलमा इच्छा हुनेहरु गेटमा बस्छ्न अनि पढ्न जाने हरेक जसो विद्यार्थीहरुसंग हात मिलाउछन।अनि विद्यार्थीहरु पनि यतिसम्म लाचार हुन्छन एउटा फर्म समेत आफैं भर्न सक्दैनन।हो त्यसै बेला ती नेताहरुको काम आउँछ अनि भरिदिन्छन फर्म निस्वार्थ ।
विगत ८ वर्षदेखि हुन नसकेको स्व.वि.यु चुनाव सञ्घारमा छ।त्यसैअको कसरत चलिराछ नेताहरुमा।हिजोसम्म नाक मुख नदेखेकाहरु अहिले नजिक हुन्छन र भनिदिन्छन भोट मलाई देउ।अनि गफ हाक्न पनि पछि पर्दैन,विद्यार्थीको समस्या हाम्रो समस्या।यसको समाधान गर्ने भनेको हामी हौँ।भेडाबाख्रा सम्झन्छन कि क्या हो हामीलाई,जता धपायो उतै जाने? हरेक दिन केही न केही कार्यक्रम भएकै हुन्छ।चुनावमा त प्रतिस्पर्धा हुने देखिन्छ नै अहिले कार्यक्रम सञ्चालनमा नि होट चलिरहेछ।
कोही हार्न चाहदैन। आफुले जीत हात पार्न मानिस अनेक फन्डा रच्न तयार हुन्छन।आठ वर्षमा चुनाव त्यही नि उमेरमा हदबन्दीले बुढा नेताहरु पर्न सम्म चपेटा परेको छ अनि २८ वर्ष भन्दा तलका युवाहरुलाई चाहिँ सत्ता।
दुई युवाहरू आपसमा गफ गर्दै थिए अचानक एउटाले कुट्न भ्याइहाले।पशुमा त बदलाको भावना हुन्छ,मान्छे त मान्छे भए त्यसै चुप किन बस्न सक्थे।उ पनि जाइलागे।यतिकैमा कलेजको माहोल तात्यो।छुट्याउने भन्दा पनि हेर्न रमाइलो मान्नेहरु तन्की तन्की हेर्न थाले।मुटु कमजोर हुनेहरु भाग्न थाले।पुलिस आए सम्झाए बुझाए कुरै सक्किए।यत्तिकैमा अर्को आएर हेल्मेटले हानिहाले।टाउको भकुण्डो होइन जति किक हाने पनि नफुट्ने, टाउको कुखराको अण्डा हो कुट्यो कि फुट्यो।चिन्नेहरुले भन्दै थिए ती दुई केअताहरुबीच +2 देखि नै मनमुटाव थियो।त्यसैको बदला लिन आको केटा आफ्नै टाउकोको दुर्गती कसले जानुन।यहि घटना संगठनात्मक रुपले अगाडि बड्ने निश्चित प्राय छ।यो त कास्टिङ मात्र सो देखाउने कलाकारहरु को इन्ट्री हुन बाकि नै छ।
प्रेमकै कारण नेपोलियन बोनापार्टले विश्वयुद्ध गराएका थिए।कुनै केटीका कारण,कुनै सम्पतिका लागि,त कुनै कारण रहित झगडा हुन्छन।कारण एउटा हुन्छन त्यसले अनेक किसिमका झगडा निम्याउछ।वास्तवमा घटना एक रुप अनेक।आजको घटनाले पनि अर्को नयाँ रुप लिन नसक्ला भन्न सकिन्न।

कामना गरौं यो घटना यतिकैमा सीमित होस यसैका कारण अर्को घटना नदोरियोस।कसैले पनि बदलाको भावना नराखौं।भौतिक रुपमा बदला लिएर समस्याको समाधान हुदैन।हत्या,हिंसा,मारपिट संधैका लागि अन्त्य गरौं।